काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९९ प्रतिशतले घटेर २७३८.०६ अंकमा पुगेको छ ।
आइतबार ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज जानकी फाइनान्स कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, नेपाल फाइनान्सको ९.१५ प्रतिशत, उपकार लघुवित्तकोे ५. ४२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ४.६४ प्रतिशत सहित २११ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्