Shikhar Insurance
National Life

झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १३:०७
Hyundai
NCELL
NIMB

झापा । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । झापामा गत वर्ष दुई य ३० हेक्टरमा करिब १ हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो ।

‘उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख किलो धुलो बेसार हुन्छ’, उनले भने ‘जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।’ झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट जानकारी दिए । जिल्लामा स्थानीय जातको बेसारखेती हुने गरेको छ । झापाको कचनकवल, दमक, अर्जुनधारालगायत पालिकामा बेसारखेती हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लामा खुलेका सानाठूला मसला प्रशोधन उद्योगका कारण बेसारखेतीतर्फ कृषक आकर्षित हुन थालेका छन् । कचनकवलको साथी कृषिफर्म, बिर्तामोडको मेची खाद्य प्रशोधन उद्योग र दमकको सेतुमारी कृषि सहकारीले बेसार प्रशोधन गर्दै आएको छ । यी तीन संस्थालाई प्रशोधन मेसिन र आवश्यक पूर्वाधार निर्माणका लागि ६० लाख अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘दमकमा कृषि सहकारीले सदस्यलाई बेसार उत्पादन गर्न प्रोत्साहन गर्न थालेपछि खेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ’, प्रमुख विष्टले भने ‘झापामा बेसारखेतीको सम्भावना पनि धेरै छ ।’

झापाका भारतीय सीमावर्ती क्षेत्रबाट वैध अवैध रुपमा बेसार भित्रिँदा चुनौती देखिएको विष्टले जानकारी दिए । ‘भारतको बेसार सस्तो छ”, उनले भने ‘त्यसले चुनौती पनि देखिन्छ ।’ कृषकलेसमेत माटोसहितको बेसार बेच्न लाँदा उचित मूल्य नपाउने अवस्था छ । आफूले उत्पादन गरेको बेसारलाई सफा बनाएर बेच्न लाँदा राम्रो मूल्य पाउने विष्टको भनाइ छ । झापामा गत वर्ष प्रतिकिलो गोटा बेसार १ सय ३० देखि एक सय ५० सम्ममा बिक्री भएको थियो । बजारमा धुलो बेसारको मूल्य  तीन सय ५० देखि पाँच सयसम्म रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्