Shikhar Insurance
National Life

गरिमा विकास बैंकले पनि एक अर्बको ऋण पत्र निष्काशन गर्ने, प्रतिफल कति ?

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार ०९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले पनि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि र लगानीकर्ताले पाउने प्रतिफल भने उल्लेख गरिएको छैन ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ११ गते बोर्डमा आवेदन दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल निष्काशन हुने १० लाख कित्ता इकाई ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता इकाई बैंकले ब्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा भने एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्