Shikhar Insurance
National Life

नगद लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५ सय ५९.४९ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पुष ६ गते बिग होटल, विराटनगरमा सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ । साथै, सभामा कम्पनी ऐनको दफा १०५ (१) बमोजिम आव २०८०/८१ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि मंसिर २१ गते एकदिन सयर दाखिला खारेज बन्द रहने छ । मंसिर २० गतेसम्म नेप्से कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्