काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले कुनै लाभांश प्रस्ताव नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिक पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्