Shikhar Insurance
National Life

बैंकरलाई राष्ट्र बैंकको प्रश्नः त्यत्रो ऋण कहाँ गयो ?

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार २१:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकरलाई ‘यत्रो ऋण कहाँ गयो’ प्रश्न गरेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले आयोजना गरेको भर्चुअल बैठक गरेर बाणिज्य बैंकहरुको स्थलगत निरिक्षणबाट प्राप्त कैफियतबारे सिईओहरुसँग छलफल गरेको थियो ।

सुपरिवेक्षण विभागका प्रमुख डा. गुणाकर भट्टले स्थलगत निरिक्षण प्रतिवेदनबारे प्रस्तुति राखेका थिए भने केहि अन्तराष्ट्रिय अभ्यास पनि उल्लेख गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सुपरिवेक्षण विभागले हरेक वर्ष स्थलगत निरिक्षणका क्रममा प्राप्त प्रतिवेदनबारे छलफल गर्दै आएको थियो, यसपाली पनि भर्चुअल छलफल भयो, राष्ट्र बैंकले सुधारका केहि क्षेत्रबारे उल्लेख गरेको छ’, नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले छलफलबारे सिंहदरबारलाई भने ।

कोरोना कहरका बीच पनि बैंकहरुले ऋण प्रवाह बढाएको र त्यसको गुणस्तरमा ध्यान दिए।नदिएकोबारे राष्ट्र बैंकको बिशेष चासो देखिएको पनि दाहालले बताए । ‘कोरोनाको त्रास छ, यत्रो ऋण गैरहेको छ, यो सब कहाँ गयो भन्ने उहाँहरुको बिशेष चासो रह्यो, हामीले सबै ठिक छ भन्यौं’, दाहालले भने ।

छलफलमा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना र बम बहादुर मिश्र, नियमन विभाग प्रमुख देव कुमार ढकाल सहभागी थिए ।

‘हामीले बैंकहरुको स्थलगत निरिक्षण गरेर प्राप्त गरेको प्रतिवेदनबारे बैंकरहरुसँग छलफल गरेका हौं, कोरोनाको दोश्रो लहरले विगत भन्दा केहि फरक अवस्था देखियो’, डेपुटी गभर्नर बम बहादुर मिश्रले भने ।

कोरोना कालमा भएको ऋण प्रवाहबारे पनि राष्ट्र बैंकले बिशेष चासो देखाएको पनि उनले बताए । ‘यसपाली पनि खासै स्थलगत निरिक्षण गर्न पाइएको रहेनछ, ठूलो मात्रामा ऋण गएको छ, सचेत हुनुस भनेका छौं’, डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्