काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले आज (मंसिर १६ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ ०.५० सेयर (१:०.५० ) को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
सेयरधनीहरुले यो हकप्रद सेयरमा पुष ७ गतेसम्म आवेदन दिन पाउनेछन्। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय तथा लमजुङको बेसीसहरस्थित प्रभु बैंकको शाखा, भोटेओडारस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा र दोर्दीस्थित ग्लोबल आइएमई बैंकको शाखामा गएर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट पनि हकप्रद भर्न सकिने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्