काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । शुक्रबार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बालबालिकाहरु देशको भविष्य मात्र नभइ वर्तमानका लागि पनि महत्त्वपूर्ण रहेको जानकारी दिए । बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए । नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको जानकारी दिए ।
उनले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको बताए । मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्