Shikhar Insurance
National Life

नेप्सेमा सुधार, कारोबार रकम पूर्ववत् स्थितिमा

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । ३ हजार २५ को ऐतिहासिक बिन्दुमा पुगेर ओर्लन थालेको नेप्से परिसूचकमा आइतबार सामान्य सुधार देखिएको छ ।

साताको पहिलो दिन सेयर बजारले सुधार आत्मसाथ गरेको हो । कारोबारमा आएका ८२ कम्पनीमा सुधार र ९६ कम्पनीको मूल्य ओर्लिएपनि परिसूचक भने २७.१७ अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकिङ समूहमा आएको सुधारका कारण नेप्से बढ्नुमा टेवा पुगेको हो । आज बैंकिकङसहित जलविद्युत्, लगानी, उत्पादनमुलक, लघुवित्त, म्युचुअल फन्ड, अन्य तथा ट्रेडिङ समूहका उपसूचक पनि धनात्मक रहे ।

नेप्से बढेर २८७०.१८ अंकमा पुग्दा बजारमा ७ अर्बको सेयर किनबेच भएको छ ।

निषेधाज्ञा सुरू हुँदा बजारमा यही रकम बराबरको सेयर किनबेच हुने गरेको थियो । बीचमा कारोबार रकममा उचच बढोत्तरी भएको थियो ।

आइतबार २ सय २७ स्क्रिप्टका २ करोड ९ लाख कित्ता ससेयर ७ अर्ब १६ करोड ७४ लाख रूपैयाँमा किनबेच भएका छन् ।

कारोबारमा आएका सेयरमध्ये एनएचपीसीको सर्वाधीक ४० करोड ७० लाख बराबरको कारोबार भएको छ ।

आज सेन्चुरी कमर्सियल बैंक र अपर तामाकोशीको मूल्य सर्वाधीक करिब १० प्रतिशतले बढेका छन् ।

लगातार बढिरहेको सेयर बजारमा नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै ओरालो यात्रा सुरु गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्