Shikhar Insurance
National Life

मौद्रिक नीति समीक्षाले सबैलाई बनायो निराश, टसमस भएनन् गभर्नर

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकल चालू आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । जसमा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ भने अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई समेत यथावत राखेको छ ।

अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्न राष्ट्र बैंक माथी दवाब थियाे । बैंकहरुलाई सेयर किनबेचमा लाग्दै आएको एक बर्से सिमा हटाउन राष्ट्र बैंक माथी तिब्र दवाब दिँदै आएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर नीतिगत रूपामा बहु परिवतर्नका अपेक्षा गरिएकाे भएपनि उल्लेखनिय परिवतर्न भने केहीपनी भएकाे पाइँदैन । अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीतिको समिक्षा गर्न दवाब भएपनि गभर्नर भने  टसमस भएनन ।

GBIME

प्रतिक्रिया दिनुहोस्