काठमाडौं । केहि दिनदेखी नेपाली सेयर बजारमा एउटा अनौठो दृश्य निरन्तर देखा परिरहेको छ । जसको उदाहरण स्वरुप आजको विन नेपाल लघुवित्तको सेयरमा लागेको सकारात्मक सर्किट लाई लिन सकिन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको बिबरण अनुसार नेपाल लघुवित्तको वित्तिय अवस्था नाजुक मत्रै हैन कम्पनी घाटामा नै रहेको छ ।
वित्तिय अवस्था खराब भएको कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको घटना यो मात्रै हैन । हिजो मात्रै नेपाल राष्ट्र बैंकले कारबाही गरेको कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा पनि सकारात्मक सकिर्ट लागेको थियो । अस्ति अर्थात मंगलबार राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई खराब कर्जा करिब ४१ प्रतिशत पुगेको भन्दै थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगायतको कारवाही गरेको थियो । तर कारबाहीमा परेको भोलिपल्टै अर्थात बुधबार नै बैंकको सेयरमा समेत सकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै आज समेत अरु तिन वित्तिय अवस्था नाजुक रहेका लघुवित्तको सेयरमा समेत रामै्र उछाल आएको छ । यसबाट एउटा प्रश्न जन्मिन्छ, वित्तिय अवस्था नाजुक रहेका कम्पनीहरुको सेयरमा कसरी दिनैदिन सकारात्मक सर्किट लाग्न सम्भब हुन्छ ।
यसमा लगानीकर्ता छोटेलाल रौनियारको तर्क रहेको छ, लो क्याप भयो भने एउटा ग्रुप वा फ्रेंड इज फ्रेंड भनेर सेयर मूल्य बढाउने परम्पराले नेपाली पुँजी बजारलाई गाँजेको छ । जसको कारण बजार यसरी भोलाटाइल भएर साना लगानीकर्ताहरु फस्ने गरेका छन् ।
सिंहदरबासँको कुराकानीमा रौनियार भन्छन् ‘लो क्याप भयो भने एउटा ग्रुपले फ्रेंड इज फ्रेंड भनेर सेयर मूल्य बढाउने गरेका छन् यसमा साना लगानीकर्ता फस्न सक्छन् होसियान हुनुपर्छ’ । उनि थप्छन् ‘राम्रो कम्पनीको भाउ बढ्दैन घाटामा भएको कम्पनीको भाउ बढ्ने गरेको छ । यसमा सेवोन सबैको अभिभावक भएकाले राम्रोसँग हेरेर कारवाही गनुपर्छ ।’
नेपाल सरकार, राष्ट्र बैंक र सेवोनले हेरेर यस्लाई के खालको कारवाही गर्न हो त्यसै अनुरुप अगाडी बढ्नुपर्ने रौनियाको तर्क छ । उनि भन्छन् ‘जुनकुनै कम्पनीको कमाइ, नाफा नोक्सान इपिएस, बोनस दर हेरेर बजार भाउ तय हुनुपर्नेमा हाम्रो मार्केट भने उल्टोगरि चलिरहेको छ ।’
लगानीकर्ताहरु होसियार नभएकाले पनि यस्ता कम्पनीको जालझेलमा पर्ने गरेको बताउँदै रौनियार भन्छन् ‘यो हुनु वाहियात कुरा हो जुन कुनै हालतमा पनि यस्ता कम्पनीलाई कारवाही गनुपर्छ । कामै नलाग्ने माइक्रो फाइनान्सहरु छन् तिनिहरुको किन मूल्य बढी रहेको छ ? यस्तो हुनु हुँदैन ।’
चालु आवको वित्तीय रिपोर्ट हेर्दा नेप्सेमा सूचीकुत १९ लघुवित्तहरु घाटामा छन् । तिनै मध्य विन नेपाल लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्तको सेयर ३.७४ प्रतिशतले बढेको छ । घाटामा रहेर पनि सेयर मूल्य बढ्ने कम्पनीमा इन्फिनिटी लघुवित्त समेत परेको छ । कम्पनीको सेयर मूल्य पनि आज ०.८६ प्रतिशतले बढेको छ ।
नेपाली सेयर बजारको यस्तो अस्वभाविक यात्राले कतै नेपालमा समेत हर्सत मेहेता स्क्याक त सुरु भएको छैन ? कि नेपाली बजार समेत बबल ब्रस्टको बाटोमा जाँदैछ । हामीले नेपाल फाइन्इन्सको बबलमा लगानीकर्त परेको भुल्न भने हुँदैन ।
यस्ताे छ लघुवित्तको वित्तीय रिपोर्ट
प्रतिक्रिया दिनुहोस्