काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताए । उनले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको जनउँदै दक्षिण एशियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको बताए ।
अग्रवालले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याएमात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताउँदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको उल्लेख गरे ।
उनले भने, ‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवर्द्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएका छन् । कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पुर्याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ ।’
‘नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एशियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता छ’ उनले बताए ।
उनले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवर्द्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको बताए । उनले यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएको बताउँदै कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्