Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहिबार फर्वार्ड माक्रोफाइनान्स लघुवित्त र सुपर माक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सुपर माक्रोफाइनान्स वित्तीय संस्थाको १३.७७५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य २ हजार ९ सय २४ रुपैयाँ १९ पैसा रहेको छ भने कम्पनीको सेयर मूल्य समायोजन अघिको मूल्य ३ हजार ३ सय २७ प्रतिशत रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फर्वार्ड माक्रोफाइनान्स लघुवित्तको १३.३ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन गरेको छ । समायोजन पछि कम्पनीको बोनस सेयर मूल्य १ हजार ३ सय ५२ रुपैयाँ १६ पैसा रहेको छ भने कम्पनीको बोनस सेयर मूल्य समायोजन अघिको मूल्य १ हजार ५ सय ३२ रुपैयाँ रहेको थियो ।

अब उक्त सेयर दोस्रो बजारमा आइतबार मंसिर १६ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्