काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरण (एनटीए) ले देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको लाइसेन्स नविकरण गरेको छ ।
एनटीएले २५ वर्षका लागि वर्ल्डलिंकको अघिल्लो दुई लाइसेन्सहरु इन्टरनेट सेवा प्रदायक (आइएसपी) र नेटवर्थ सेवा प्रदायक (एनएसपी) को नविकरण गरेको हो । इन्टरनेट सेवा प्रदायक वल्ड लिंकले दुर सञ्चार प्राधिकरणलाई २ अर्ब १५ करोड १४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ बुझाएको थियो ।
सर्वोच्च अदालतले वल्ड लिंकले राज्यलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै फैसला सुनाएपछि कम्पनीले रकम बुझाएको थियो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार रोयल्टी वापत १ अर्ब ३८ करोड ९० लाख १२ हजार २ सय २५ रुपैयाँ बुझाएको थियो ।
यस्तै, आरटीडीएफ वापत ७६ करोड २३ लाख ९५ हजार ३ सय २७ रुपैयाँ प्राधिकरणमा दाखिला गरेको हो । अब कम्पनीले लाइसेन्स नविकरणदेखी डलर सटहि सुविधा नियम अनासर सबै प्राप्त गर्ने प्रवक्ता पौडेलले जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्