काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.३० अंकले घटेर २७४८.०५ मा पुगेको छ ।
बिहिबार ३ सय ७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँको कारोबार भएको छ । बिहिबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको छैन ।
आज मानुषी लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यसैगरी, अप्पर स्यांगे हाइड्रोपावरको ८.६० प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ६.८४ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ५.२७ प्रतिशत सहित २१८ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्