काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.३० अंकले घटेर २७४८.०५ मा पुगेको छ ।
बिहिबार ३ सय ७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँको कारोबार भएको छ । बिहिबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको छैन ।
आज सेयर बजारमा ओरालो लागेपनि ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज पाँचथर पावर कम्पनीको ८.३३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ८.११ प्रतिशत, जानकी फाइनान्सको ७.८६ प्रतिशत सहित ७३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्