Shikhar Insurance
National Life

व्यवसायिक क्षमता अभिवृद्धि गर्न सामूदायिक रेडियो प्रसारक संघ र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सबिच सम्झौता भएको छ । देशैभरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिवृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले दुबै संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो । संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले बिभिन्न एनजिओ, आइएनजीओहरू संगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जिवन स्तर उकास्ने किसिमको सामाग्री निर्माण गरि ३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आइरहेको छ। नेक्सजेन म्यानेजमेन्ट २०८१ बैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो । यसले सम्पत्ती व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्