Shikhar Insurance
National Life

आइपुग्यो टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट्याङ्की

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार ०९:१०
Hyundai
NCELL
NIMB

दाङ । टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको छ । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको जानकारी दिए । उनका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ ।

विमान स्थलमा इन्धन डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । तुल्सिपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा लामोसमयदेखि अबरुद्ध भएको हवाई सेवा सञ्चालन आएको छ । साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्