Shikhar Insurance
National Life

उद्योगीको बैंक खाता रोक्का गर्न कुलमानले राष्ट्र बैंकलाई पत्र पठाए

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

उद्योगीको विद्युत काट्न नपाएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बैंक खाता रोक्का गर्ने उपाय निकालेका हुन् । प्राधिकरण स्रोतका अनुसार बक्यौता विवाद रहेका सबै उद्योगीको बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्रंक र डेडिकेटेड विद्युत महसुल विवादमा लामो समयदेखि विवाद चर्किरहेको छ । मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई टिओडी मिटरको बिलको आधारमा विद्युत महसुल तिर्न भनेपनि पुरानै बिल थमाएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बिल छानबिन गर्न समिति गठन गरेको छ ।

सो समितिले काम सुरु गरिसकेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार १५ दिनभित्र विद्युतको पैसा नउठेपछि पुन: लाइन काट्ने योजनामा कुलमान रहेका थिए । तर विद्युत नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि कुलमान दबाबमा आएका थिए । दबाबमा रहेका कुलमानले सबै उद्योगीहरुको बैंक खाता खोक्का गर्न पत्राचार गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्