Shikhar Insurance
National Life

पुष ११ र १२ गते ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्दै मन्त्रालय

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पुष ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ । सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूथीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवर्द्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताए ।

‘सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भने, ‘कार्यक्रममा काठमाडौंमा रहेका दुई सय जना र काठमाडौं बाहिरका ८ सय जना गरी करिव एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमान गरिएको छ । सम्मेलनपछि हामीले मेडिकल डायस्पोरा अथवा स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्टको हामीले वृद्धि गर्नसक्ने अपेक्षा लिएका छौं’ उनले भने ।

नेपाल स्वास्थ्य सम्मेलन—२०२४ मा सहभागी हुन सचिव मैनालीले आह्वान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्