काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३१६ कम्पनीको ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १ लाख १२ हजार २ सय ३८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ७७ रुपैयाँ ३० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्