Shikhar Insurance
National Life

३९.७० अंकले बढ्यो सेयर बजार , काराेबार रकम ९ अर्ब ३१ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १ लाख १२ हजार २ सय ३८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ७७ रुपैयाँ ३० पैसा पुगेको छ ।

बुधबार २०० कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्