Shikhar Insurance
National Life

सेयर मार्केट्ससम्बन्धी काम गर्न राष्ट्र बैंकले माग्यो कर्मचारी, तलब १ लाख १२ हजार

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, रामशाहपथको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले बुधबार एक सूचना जारी गर्दै नियमानुसारको कर सहित मासिक १ लाख ३ हजार ६ सय रुपैयाँ पारिश्रमिक र दशैं खर्च सहित गरी जम्मा १ लाख १२ हजार रुपैयाँ मासिक तलब रहेकाे उक्त सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्ने बैंकले जनाएको छ ।

न्यूनतम शैक्षिक योग्यता तथा अनुभव व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि, हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउण्टेन्सी पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञ हुनु पर्ने राष्ट्र बैंकको केन्द्रीय कार्यालयले जनाएको छ ।

दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशित गरिने बैंकले जनाएको छ । बैंकका अनुसार

इच्छुक योग्य नेपाली नागरिकले पुष २ गते, कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न बैंकले आह्वान गरेको छ । उक्त तोकिएको म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तउपर कुनै किसिमको कारबाही नहुने बैंकले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्