Shikhar Insurance
National Life

विशाल ग्रुपको साधारण सभा पुष ५ गते, नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । विशाल ग्रुप लिमिटेडले आव २०८०/०८१ सम्मको संचित मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुष ५ गते साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कामपा वडा नं ११, थापाथली काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आव २०८०/०८१ को संचालक समितिको प्रतिवेदन तथा कार्य प्रगति उपर छलफल गरि पारित गर्नेछ । आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन सहितको वासलातलाई पारित गर्ने र चालु आर्थिक वर्ष २०८१/०८२ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयोजनार्थका लागि कम्पनीको सेयरधनी दर्ता किताब मंसिर २३ गते एक दिनको लागि बन्द रहने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्