Shikhar Insurance
National Life

मंसिर २९ गतेदेखि ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै प्रभु केबलकार

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले सेयरधनीहरुलाई चुक्तापुँजीको १:१ (अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर) को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर २९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । संस्थापक सेयरधनीहरुले माघ ४ गतेसम्म हकप्रद सेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्