Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ११ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३ हजार ९ सय ७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गनए इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र के(कति रकममा खरिद गर्ने हो ? सो समेत खुलाइ बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो म्यादभित्र विद्यमान संस्थापक सेयरधनीको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थामा उक्त सेयरहरु खरिद बिक्री प्रकृया अगाडि बढाउँने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्