Shikhar Insurance
National Life

‘कति बेला के हुन्छ ? कति बेला के हुन्छ ? तपाईले सरकार ढल्छ भन्न खोज्नु भा ?’ अर्थमन्त्री पौडेलसँगको अन्तर्वार्ता

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार ०७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । झन्डै २ तिहाई जनमतको प्रतिनिधित्व गर्ने सरकारको अर्थमन्त्रालय विष्णुप्रसाद पौडेलले हाँकिरहेका छन् । कुटिल स्वाभावका अर्थमन्त्री पौडेललाई बैंक र उद्यम कार्यक्रममा सिंहदरबारका प्रधान सम्पादक नारायण पौडेलले सोधे : अर्थतन्त्र महासागर भयो । संघिय लोकतान्त्रिक गणतन्त्रको चरणमा देश प्रवेश गरेपछि यो महासागर मन्थन गर्ने झण्डै आधा दर्जन आसपासको अवसर यहाँले प्राप्त गरिसक्नु भयो । मुलुकको अर्थतन्त्र सरकारी वित्त ८५ अर्ब आसपासले डेफिसिटमा छ । मुलुक भित्रिएको रकम झण्डै १६/१७ खर्ब रेमिट्यान्सको माध्यमबाट आइपुगेको छ । बैंकहरु झण्डै ७ खर्ब डिपोजिट लिएर कहाँ लगाउँ ? भनेर बसेको छ । तपाई भर्खरै बाहिरबाट भित्र छिर्दै हुनुहुन्थ्यो । हामीलाई काम गरेको भुक्तानी दिनुपर्यो भन्दै केही टिमहरु तपाईलाई भेट्न आइरहेको थिए । यो परिवेशलाई कसरी चिरेर अघि बढ्ने ?

हाम्रो अर्थतन्त्र केही समयदेखि दबाबमा रहदैँ आएको छ । त्यसको प्रभाव अर्थ मन्त्रालय मात्रै नभएर सबै जसो क्षेत्रमा परेको छ । र पनि हामीले अर्थतन्त्रको समस्या चिन्न, समाधान गर्न अर्थतन्त्रलाई लयमा फर्काउन प्रयासहरु गरिरहेका छौँ । प्रयासको नतिजाहरु क्रमश आउँदै पनि छन् । समग्रमा अहिले हाम्रो अर्थतन्त्रका केही पक्षहरु अत्यन्तै सकरात्मक छन् । फरेन करेन्सीको स्टक राम्रो छ । १३, १४ महिनाको वस्तु तथा सेवा खरिद गर्न सक्ने अवस्थामा छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यालेन्स र पेमेन्टको अवस्था अनुकुल छ । बैंकको ब्याजदर घटिरहेको छ । बैंकको तरलता सुविधाजनक अवस्थामा छ । रेमिट्यान्स बढीरहेको छ । मुद्रास्फिती, मूल्य वृद्धि नियन्त्रणको सिमा भित्रै छ । यस्ता केही परिसूचकहरु छन् जसले हामीलाई अगाडि बढ्न आधार दिइरहेको छ । हामीले लामो समयदेखि प्रतिक्षा गरिएको र पेन्डिङमा रहेको एजेन्डामा पनि प्रवेस गरेर करिब त्यो काम सकेर बाहिर निस्कने बिन्दुमा आइपुगेका छौँ ।

कन्ट्रि रेटिङको काम भर्खर सम्पन्न भएको छ । २०२६ मा एनडीसी ग्रयाजुएसन गर्दै छौँ । हामीले हाम्रो अर्थतन्त्रलाई एउटा अवस्थाबाट अर्को अवस्थामा पुर्याउने हैसियतमा पुग्दै छौँ । यी यस्ता अनुकुल अवस्थाहरु छन् । म अर्थतन्त्रको समस्याहरु लुकाउन पनि चाहान्न । म समस्या लुकाएर, छोपेर केही हुन्छ भन्ने मान्यतामा म विश्वास गर्दिन ।

समस्यालाई टेवलमा राख्ने हो । विश्लेषण गरेर कारण पत्ता लगाउने हो । समाधान खोजेर अगाडि बढ्ने हो । त्यो कुरामा विश्वास राख्छु । आज समग्र मार्ग संकुचन छ । त्यस्को प्रभाव आन्तरिक उत्पादनमा छ । उत्पादन घटिरहेको छ । त्यस्को प्रभाव आयात निर्यातमा परिरहेको छ ।

आयात र निर्यात दुबै घटिरहेको छ । त्यसको प्रभाव रोजगारीमा परिरहेको छ । रोजगारी कटौती हुने अवस्था सृजना भइरहेको छ । त्यसको प्रभाव राजस्वमा परिरहेको छ । समग्रमा सरकारी वित्त व्यवस्थापनमा थप चुनौतीहरु देखा परेका छन् । यस्ता समस्याहरु छन् । हामी यस्ता समस्याहरुलाई ध्यानमा राखेर केही सिरियस कदमहरु चलिरहेका छौँ ।

पहिले हामी समस्यालाई अनुसन्धान गर्ने र तत्काल, मध्यकाल र दीर्घकालमा समाधानका कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने सम्बन्धमा समग्रमा ख्याति प्राप्त अर्थविद्हरु रहेका आर्थिक क्षेत्रका समस्यालाई उद्घाटित गरेर समाधान निकाल्ने उद्देश्यले रामेश्वर खनालज्यूको नेतृत्वमा हामीले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग गठन गरेका छौँ । त्यस आयोगले समस्याहरुको विश्लेषण र अवलोकन गर्दै आवधिक अन्तिम प्रतिवेदन प्रस्तुत गर्ने छौँ । अहिले सरकार नीजि क्षेत्र, जसले अर्थतन्त्रको ८० प्रतिशत भार बहन गर्छ ।

त्यो नीजि क्षेत्रको मनोवल कसरी बढाउने, निजी क्षेत्रलाई कसरी उत्साहित तुल्याउने, लगानी कसरी अभिवृद्धि गर्ने ?, रोजगारी कसरी सृजना गर्ने ? जनताको कार्य शक्ति कसरी बढाउने ? त्यो नबढेसम्म माग बढ्दैन । जनाताको जिवनस्तर कसरी माथि उठाउँने ? त्यस्ता कुरामा केन्द्रीत भएर छलफल गरिरहेका छौँ । हामीले बेला- बेलामा मन्त्रिपरिषद्को बैठकको निर्णयबाट राष्ट्र बैंक छ एउटा नियमनकारी निकाय उसले मौद्रिक नीतिको माध्यमबाट यसरी हामीले अर्थतन्त्रको समस्याहरु अध्ययन गर्ने कोसिस गरिरहेका छौँ ।

हजुरलाई देखेपछि सिंगो समाज एकपटक जुरुक्क हुन्छ । विष्णु पौडेल आउनु भएको छ । जादुको छडी त नभनौँ । त्यहि शैलीमा केही नयाँ चिजहरु आउनेछ र हामी पुरै मोटिभेटेड भएर इन्भेस्टमेन्ट गरिहालौँ भन्ने अपेक्षा राख्छौं । तपाईले हनिमुन मनाईसक्नु भयो । १०० दिन क्रस भइसक्यो । बीचमा त्यो वे मा अलिअलि अलमल भयो कि क्या हो । भन्नेहरुको संख्या पनि बढ्दै गइरहेको छन् नी ?

म त लोकतन्त्रमा विश्वास गर्छु । हर कोहीको आलोचनालाई सम्मान गर्छु । सरकार अलमलमा छैन । सरकार स्पष्ट मिसन, भिजन, दृष्टिकोणका साथमा काम गर्दै छ । प्रश्न के हो ? भने प्रश्न जति गम्भिर र जटिल छ । समाधानका लागि त्यस्तै समय पनि चाहिन्छ । सिघ्र समाधानको अपेक्षा छ । तर कतिपय समस्याले निश्चित समय लिन्छन् नै । त्यसैले सरकार अलमलमा छैन र रहदैन पनि ।

अहिले हामी निजी क्षेत्रका समस्या समाधान गर्नका निम्ती काफी प्रयासहरु गरेका छौँ । उहाँहरुले कुनै आयोजना, व्यवसाय, उद्योगको निम्ति ऋण लिनुभएको छ । ऋणको साँवा र व्याज भुक्तानी गर्न नसक्ने अवस्था पनि कतिपय छ । कर समयमा भुक्तानी गर्न नसकिरहेको अवस्था छ । व्यवसाय नविकरण गर्ने कुरामा समस्या देखिएको छ । यी समस्याहरुमा प्रवेश गरेर निराकरणको खोजी गरिरहेका छौँ । निजी क्षेत्रको आशालाई हामी मर्न दिदैँनौ । र उत्पादनको हरेक क्षेत्रलाई उत्साहका साथमा आफ्ना आर्थिक गतिविधिमा लाग्नका निम्ति अनुकुल वातावरण निर्माण गरेर अगाडि जान्छौँ ।

बजेट मार्फत यहाँहरुले साढे ५ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्नुभयो । मुद्रास्फिती त्यो भन्दा तल राख्छौँ भनेर भनिएकै छ । क्रेडिट ग्रोथको कुरा गर्ने हो भने बैंकहरु अहिले अधिक तरलाको भारले थिचिएका छन् । उनीहरुको रिटर्न झण्डै ११ प्रतिशतभन्दा तल झरिसकेको छ । कहाँ लगेर पैसा लगाउँने ? भन्ने दु:खमा हुनुहुन्छ । यस्तो परिस्थिती हाइपर्दा सरकारले केही काम गरिदियोस् जस्ले लोन छिटोछिटो जाओस् । पेमेन्ट उठिरहोस् । निर्माण व्यवसाय, मजदुरले भुक्तानी र तलब पाउँन् । हाम्रा यी यावत् गतिविधिहरु अगाडि जाउँन् र बैंकमार्फत सबै अर्थतन्त्र चलायमान होस् भन्ने उहाँहरुको अपेक्षा छ ।

हामी आएपछि निजी क्षेत्रको अपेक्षा के थियो भने ब्याजदर महंगो भयो । सिरियस माग भनेको ब्याजदर घट्नु पर्यो भन्ने थियो । मलाई भेट्न आउने सबैले यो कुरा भन्नु हुन्थ्यो । ब्याजदर महंगो भयो । सिंगल डिजिटमा आउँनु पर्यो । अहिले त्यो माग पुरा भएको छ । तर पनि अपेक्षित लगानी किन भएन त ? व्यवसायीहरु ब्याजदर घटेको कुराबाट उत्साहित नै हुनुहुन्छ ।

तर उहाँहरुले त्यो संग्रहित समस्याको समाधान गर्दै व्यवस्थापन गर्दै ब्याजदरको सुविधाजनक अवस्थाको सदुपयोग गरेर लगानी वृद्धि गर्न मात्रै केही समय लागेको हो । हामीले उत्पादनका विभिन्न सरोकारहरुलाई यो यत्तिकै त सबै कुरा भएको छैन नि त । केही न केही त निष्कर्ष लिएको छ । क्रमश निजी क्षेत्रले लगानी गर्ने परिवेस बन्दै छ । उहाँहरुले त्यो ढंगले काम गरिरहनु भएको छ ।

तैपनि व्यापार गर्नेहरु पैसा कमाउन लालाइत हुन्छन् । पहिलो धर्म नै हुन्छन् । उहाँहरु न्यून व्याजदर चाहियो भन्दै हुनुहुन्थ्यो । व्याजदर यति कममा आइसक्यो । फेरी पनि उहाँहरु चाहि त्यो ग्राउन्ड तया भएको छैन भन्ने डिलेमागको अवस्थामा हुनुहुन्छ । हाम्रो संरचना प्रति हामीले गरेको हाम्रो राज्य प्रणालीप्रति कति बेला के हुन्छ ठेगाना हुदैन । अहिले नै किन फाल हान्ने भन्ने मनिस्थितिले यतिमा पुगेको त हैन भन्ने संसय पनि आयो । करका दरहरु तुरुन्तै परिवर्तन भइरहेको हुन्छ । अहिले डेडिकेटेड ट्रक लाइन हेरियो ।

करका दरहरु हेरफेर हुन्छन् नै । करका दरहरु हेरफेर गर्नेहरुले समाजप्रति राष्ट्र प्रति जवाफदेही भएर काम गर्नुपर्छ । करका दरहरु हेरफेरमा संवैधानिक कानुनी व्यवस्थाहरुको प्रयोग हुन सक्छ । तर त्यसको जस्टिफिकेसन सहित हुनुपर्छ । निर्णय गर्नेहरुले औचित्य स्थापित गर्न सक्नुपर्छ । करका दरका सन्दर्भमा के गर्यौ ? के गर्नुपर्छ ? भोली के गर्नेछौँ ? त्यो समयक्रमा चल्छ । अर्को कुरा तपाई सरकार फेरिन्छ भन्ने कुरा गरिहनु भएको छ । के हुन्छ ? के हुन्छ ? केही हुदैँन ।

केही भ्रम सृजना गर्ने कोसिस भएको छ । नागरिक, निजी क्षेत्रमा भ्रम सृजना गर्ने, उत्पादनका विभिन्न क्षेत्रमा भ्रम सृजना गर्ने कोसिस भएको छ । केही पनि हुदैँन । यो संसदको सबैभन्दा दरो सरकार यही हो । ७० वर्षभन्दा धेरै लामो इतिहास भएका, राजनीतिमा सर्वाधिक योगदान गरेका, लोकतन्त्र गणतन्त्रका निम्ति अग्र भागमा रहेर नेतृत्व गरेका, संविधान निर्माणका निम्ति योगदान गरेका, फराकिलो जनाधार भएका, अनुभवी नेताहरुको कार्यकारिता भएका पार्टीहरु मिलेर सरकार बनाएको अवस्था छ । दुई तिहाई मनोविज्ञानको प्रतिनिधित्व यो सरकारले गर्छ । त्यस्मा दुई मत नै रहेन ।

संस्थापनको विरुद्धमा गतिविधि गरेर आफ्नो भविष्य निर्माण गर्ने प्रयासहरु प्रकट हुन्छन् । म त्यसलाई अन्याथा पनि मान्दिन । तर नेपाली जनतामा भ्रम छ भन्ने मलाई लाग्दैन । यो सरकार, यो सहयात्रीले आफ्नो ड्यू कोर्ष पुरा गर्छ । र यहि सहयात्रीले २०८४ को निर्वाचन सम्पन्न गर्छ । स्थायित्वको प्रश्नमा भ्रम सृजना गर्ने प्रयास भएपनि जनताले त्यो कोसिसलाई पत्याएका छैनन् ।

बैंकहरुलाई अर्थतन्त्रको मेरुदण्ड हो भन्छौँ । बाफिया संशोधन प्रोसेसमा अघि बढीसकेको छ । त्यहाँ १ प्रतिशतको क्याप लगाइएको रहेछ । १ प्रतिशतसम्म लगानी गर्ने व्यवसायीहरुले कि व्यवसाय गर्नु पर्यो कि बैंक मात्रै छान्न पर्यो भन्ने रहेछ । त्यसले चाँही हामीले बिहे गर्यौ । सन्तानले डाँडाकाँडा ढाँकिसके । विहे अबैध भए । भन्ने तर्फ हामीलाई पुर्याउँछ कि भन्ने एक खालको आवाज उठिरहेको छ । यो कोर्षलाई कसरी अगाडि लिएर जादैँछौँ ?

हामीले सम्मानित संसदको सम्मानित समितिमा, जसलाई हामीले मिनि पार्लेमेन्ट पनि भन्छौं । त्यसमा विचाराधिन रहेको विषयमा टेलिभिजनमार्फत विचार व्यक्त गर्न चाहन्न । म समितिमा जाउँला । त्यहाँ विचार व्यक्त गरुँला ।

यहाँ विचार व्यक्त गरेर परिस्थितिलाई प्रभावित पार्नु हुदैंन भन्ने पक्षमा म छु । बाफियाको सन्दर्भमा संसदमा अर्थ समितिले यस विषयमा सिरियस्ली छलफल गर्दैछ । सबै स्टेक होल्डरहरुलाई आमन्त्रण गरेर तर्क प्रति तर्कहरु सुनेर छलफलको माध्यमबाट एउटा साझा निष्कर्षमा पुग्ने अर्थ समितिको प्रयास छ । मन्त्रालय स्थानीयका कुरा पनि राख्छौँ । त्यसबाट हामी अगाडि बढ्छौँ ।

राष्ट्र बैंकको स्वायत्ततासँग जोडेर मल्टिन्यास्नल एड एजेन्सीहरु वल्र्ड बैंकका केही कन्सर्नका कुराहरु आएका छन् । ठूला १० वटा बैंकहरुको इन्टरनेशनल फर्मबाट अडिट गराउने भन्ने विषय पनि छ । त्यो सोभरनिटीसँग पनि अलिअलि जोडिन्छ कि क्या हो भन्ने छ । राष्ट्र बैंकको स्वायत्तता, तपाईहरुको सम्बन्ध अडिट सडिटको विषयमा कसरी हेरिरहेका छौँ ?

राष्ट्र बैंक स्वायत्त संस्था हो । त्यसमा कुनै दुविधा नै छैन । कानुनले प्रदान गरेका अधिकारहरुलाई उसले एक्ट्रटाइज गर्छ । मौद्रिक नीति निर्माणमा त्यसले भूमिका निर्वाह गर्छ । राष्ट्र बैंकको स्वायतताको बारेमा यहाँ कसले बहस गरेको छ र ? विवादै छैन यसमा । राष्ट्र बैंक पनि नेपाल राष्ट्र बैंक हो । नेपाल राष्ट्र बैंक नेपालको संविधानमा छ ।

राज्यका अरु अंक जस्तै । एउटा अंग र अर्को अंगका बीचमा स्वायत्तता संस्थाहरुका बीचमा पनि सम्बन्ध त हुन्छ नि । त्यो संस्थाको स्वायत्ततालाई सुरक्षित राखेर पनि सम्बन्ध हुनुपर्छ । कुन संस्थाले के सुझाव दिनुभयो । त्यो विषय अहिले हाम्रो बीचको छलफलको विषय हुनु पर्छ जस्तो मलाई लाग्दैन । विभिन्नले विभिन्न सुझाव दिन सक्नुहुन्छ । हामीले हाम्रो कानुन व्यवस्थाहरुलाई ध्यानमा राखेर राष्ट्र बैंकलाई स्वायत्तता संस्था हो भन्ने कुरालाई हिक्का राखेर तदनुसारका कानुनी बन्दोवस्ता गरेर अगाडि बढ्छौँ ।

तपाई मन्त्री भएर यो कार्यकाल मन्त्रालयमा आइसक्ने बित्तीकै तपाईको यो ब्युरोक्याटिक संरचनाले केही बुँदे निष्कर्ष तपाईलाई दिएर मिडिया मार्फत सार्वजनिक गरेको थियो । त्यसमा नेपालको प्राइभेट सेक्टर लोन उत्पादन मुलुक क्षेत्रमा गएन । त्यसले जीडिपीमा यथोचित योगदान पुर्याएको देखिएन । थप सुधार गर्नुपर्छ भन्ने आसय उजागर गरेको थियो नि ?

लगानी उत्पादन मुलक क्षेत्रमा केन्द्रीत होस् भन्ने मन्त्रालयको मनासाय हो । त्यसका निम्ति अनुकुलता सृजना गरौँ भन्ने मनासय हो ।

नेपालमा झण्डै सवा ४ करोड बैंक खाता रहेछ । जहाँ निक्षेप राखिन्छ । झण्डै साढे १८ लाख ऋण एकाउन्टहरु मात्रै रैछन् । त्यसलाई पनि एउटै व्यत्तिको २,३ वटा कम्पनी मार्फत २,४ वटा लोन एकाउन्ट हुने भयो । धेरै मान्छेहरु चै उद्यमशीलता तिर लागेनन् कि क्या हो भन्ने एउटा लिटरेचर छ । तपाईले यो पटक कसरी हेरिरहनु भएको छ ?

त्यसरी बुझ्नु भन्दा पनि हामी सबै उद्यमी बनुन् भनेर पनि हुँदैन । ग्रयाजुअल्ली उद्यमीताको वृधि विकास गर्दै अगाडि बढ्ने कुरा हो । त्यसका लागि राज्यका सबै अंगहरुको प्रयास चाहिन्छ । आम जनतालाई पनि त्यस्मा डोर्याएर हिड्न आवश्यक छ । क्रमश उद्यमशीलतालाई वृद्धि गर्दै जाने कुरामा ध्यान दिनुपर्छ । सरकारले ध्यान दिइरहेको पनि छ । हामी त्यसरी नै अगाडि जान्छौँ ।

नेपालमा ठूलाठूला उद्योग कलकारखानाहरु आएनन् । त्यो एउटा चरण नै ल्याप्स भएको हुनाले हामी निर्यात जन्य उद्योग भन्छौँ । थर्ड कन्ट्रीबाट एउटा सामान ल्याउँछौँ । त्यसपछि इन्डीया इक्सपोर्ट गर्छौ । हाम्रो एक्सपोर्ट बढ्यो भनेर भन्छौँ भनेर बस्ने अवस्था छ । जस्तो हामीले पामोलिनलाई हेर्न सक्यौँ । सुपारीलाई हेर्न सक्यौँ ।

तपाईले भन्नु भएको कुरामा आंशिक सच्चाई छ । यो कुरालाई म सम्पूर्ण रुपमा अस्वीकार गर्दिन । उत्पादन वृद्धि भनिरहँदा आन्तरिक उत्पादन भनिरहँदा । मुलत: स्वदेशिय कच्च सामानमा आधारित उत्पादनलाई हामी अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्दा खेरी त्यो बढ्ता उपयोगी हुन्छ । भ्यालुएटको कुरा गर्छौ । विदेशी कच्चा माललाई प्रयोग गरेर हामीले केही उत्पादन गर्छौ भने पनि त्यसले भ्यालुएट गर्नु पर्यो ।

कुन मात्रामा कुन प्रतिशतमा त्यसले भ्यालुएट गर्छ । त्यो कुराको अर्थ हुन्छ । आन्तरिक स्वदेशी कच्चा मालमा आधारित उत्पादन वृद्धि गर्ने र त्यस्तो उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पठाउने । यो हाम्रो पहिलो प्राथमिकताको विषय हो । उपयुक्त मात्रामा भ्यालुएट गर्छ भने हामी विदेशी कच्चा माल इन्पोर्ट गरेर उत्पादन गरेर फेरी हामी अन्तर्राष्ट्रिय बजारमा जान सक्छौँ । तर त्यसमा नेपाली भ्यालुएटमा ध्यान दिनुपर्छ ।

नेपालमा अटोमोविलमा केही एसेम्बल प्लान्टहरु लागेका छन् । तीनको एउटा सन्दर्भ छ । तीनले कति भ्यालु एडिसन गरे नेपाली मार्केटका लागि, इकोनोमिका लागि के के दिए ? भन्ने एउटा पार्ट छ । केही ठूला विदेशी लगानीकर्ताहरु छन् । केही आइटी कम्पनीहरु छन् । केही म्यानुफ्याक्चरिङ युनिटहरु छन् । उनीहरु यहाँ आए । कन्ट्रीब्युसन दिइरहेका पनि थिए । तर यहाँको वातावरणले अर्कै अवस्था सृजना गरिरहेको जस्तो देखियो । उनीहरु भाक्छन् कि क्या हो ?

म तपाईसँग आग्रह गर्न चाहन्छु । यो प्रकारको छलफललाई इन्करेज गर्नुहुदैँन भन्छु म चाँही । हामीले पनि त्यस्तो परिस्थिति नआओस् भन्ने कुरामा राज्यले पनि ध्यान दिनुपर्छ । हामी विदेशी लगानीलाई डिस्करेज गरिरहेका छौँ । भइरहेको विदेशी लगानीलाई पनि निरुत्साहित गर्दै छौँ । उनीहरु भगेर जान्छन् कि यो हैन । विदेशी लगानीकर्तालाई हामीले सुरक्षा दिएका छौं ।

संरक्षण, सम्मान, मुनाफा कमाउने अधिकारहरु दिएका छौँ । त्यसैले विदेशी लगानीकर्ताहरुलाई नेपालमा डिस्करेज गरिन्छ । हतोत्साहित गरिन्छ । उनीहरुलाई फर्केर जाने वातावरण सृजना गरिन्छ भन्ने यो सत्य होइन् । यस्तो प्रचारले लगानीकर्तालाई ‘ए..यस्तो पो रहेछ कि क्या हो।’ भन्ने पर्छ । त्यसैले म यस्तो छलफलमा जानु हुँदैन भन्ने मेरो आग्रह छ । हो-हो भन्दै जादा त्यहाँ पुग्ला कि भन्ने मलाई चिन्ता लाग्छ । नेपालमा जति मल्टिनेस्नल कम्पनीहरु हामीसँग छन् । अरु विदेशीका कम्पनीहरुले मुनाफा त लगिरहेका छन् नि ।

तपाई पछिल्ला केही समयदेखि राजस्व संकलन अलि रफ्तारमा टार्गेट म्याच गर्ने गरी हुनु पर्यो भनेर आन्तरिक छलफलमा जुटिरहनु भएको छ । यो बीचमा एउटा इभीको प्रसंग आउँछन् । हामीले इलेक्ट्रीक भेहिकललाई व्यापक मात्रामा प्रवर्धन गरिरहेका छौँ । म भारतको एउटा समाचार हेर्दै थिए । उनीहरुले सन् २०३० मा पुग्दा हामी पेट्रोलियम पदार्थको इन्धन मगाउने सवारी साधन र विद्युतीय सवारी साधनको मूल्य बराबर बनाउँछौ ।

भन्ने योजना सहित उनीहरु काम गरिरहेका छन् । हामी विद्युती सवारी साधनलाई व्यापक मात्रामा प्रवर्धन गरिरहेका छौँ । यही कारणले १ सय अर्ब राजस्व सर्टफल भयो कि भन्ने तपाईका संवध अधिकारीहरुले बेला-बेला भन्दै गरेको हामी सुन्छौँ । त्यसले यहाँ लस हुँदा उसले के -के जेनेरेट गर्यो । इकोनोमिका लागि भनेर कसरी हेरिरहेका छौँ आजको दिनमा ? यो सैद्धान्तिक प्रश्न ?

विद्युतिय सवारी साधन प्रवर्धन गर्दा खेरी राजस्व सर्टफल भयो । त्यस कारणले विद्युतीय सवारी विद्युती सवारी साधनलाई प्रवर्धन गर्नु हुँदैन । भन्ने निष्कर्षमा पुग्नु हुँदैन । मेरो पहिलो कुरा यो छ । हामीलाई थाहा छ विद्युतीय सवारी साधन प्रयोग गर्दा खेरी डिजेल, पेट्रोल लगायतका इम्पोर्ट कम हुन्छ । इम्पोर्ट कम भएपछि त्यसबाट आउने रेभिन्यू पनि कम नै हुन्छ । त्यो सामान्य ज्ञानको कुरा हो ।

हामीले डोमिस्ट्रीक प्रोडक्ट बढाउँनु पर्यो । नागरिकहरुले ठूलो मात्रामा उत्पादनमा लाग्ने, ठूलो मात्रामा आम्दानी गर्ने, ठूलो मात्रामा कर तिर्न सक्ने परिस्थिति निर्माण गर्नेतिर लाग्नुपर्छ । भन्सार विन्दुबाट उठाईने भन्सार महसुलबाट अर्थतन्त्रलाई ढाल्ने यो मनोविज्ञानबाट माथि उठ्नुपर्छ । विद्युतिय सवारी साधनको प्रयोगलाई यो सरकारले इन्करेज गर्छ । डिस्करेज गर्दैन । रेभ्युन्यूमा जुन प्रकारको सर्टफल होला । त्यसलाई हामी अरु वैकल्पिक उपायहरु खोजेर त्यसलाई मेकअप गर्छौ । विद्युतीय उपकरणको उपयोग बेठिक रहेछ । त्यसैले पेट्रोल, डिजेल कै गाडिमा हामी फर्किनौँ ।

तपाई मन्त्री भएर आउँने बित्तीकै सेयर बजारमा एक खालको उत्साह थियो । अहिले पनि व्यापक सुधारका कदमहरु चाल्ने छु । दीगो विकासको स्थायित्व, अरु शब्द त प्रयोग नगरौँ । त्यस्का लागि मिहनेत गर्छौ । भन्नु भएको थियो । बजार त आफ्नो गतिमा गइरहेकै छ । बेलाबेलामा बढ्छ । बेलाबेलामा घट्छ । त्यो त्यसको स्वाभाविक प्रकृया भयो । त्यस संवद्ध सुधारका कामहरु चाँही अघि बढेनन् कि ?

सुधारका कामहरु मुलत: केही त बढे । केही गृहकार्यको चरणमा छ । यस्ता कुरा कति पोलिसिसँग संबद्ध हुन्छन् । कति आधुनिक प्रविधिसँग संबन्धित हुन्छन् । कतिपय निर्णयसँग संबन्धीत हुन्छ । पहिले तयारी, निर्णय त्यस्पछि कार्यान्वयन । त्यसैले केही समय लागेको हुन सक्छ । स्वभाविक रुपमा हामीले पूँजी बजारलाई दीगो र भरपर्दो ढंगले नै अगाडि बढाउँछौँ । त्यसका निम्ति आवश्यक कानुनी बन्दोवस्ता, संरचनागत सुधार, प्रविधिको प्रयोग जस्ता चिजबाट यस्लाई लग्छौँ ।

सबै प्रकारका अमानसिक क्रियाकलापलाई रोक्ने, पारदर्शी, स्वास्थ र स्वच्छ प्रणालीलाई सावित गर्ने र सेयर बजारमा लगानी गर्ने हरेक नागरिकको लगानी सुरक्षित होस् भन्ने हिसाबले हामीले यो सेयर बजारलाई प्रवर्धन गर्ने त्यो प्रयासमा हामी छौँ ।

सरकार देश बनाउँछु नै भनेर बनेको सुविधासहित अगाडि बढीरहेको छ । यो बसाईमा तपाईले अहिले गरिरहनु भएका र अब गर्ने नेयर फ्यिुचरका विषय बस्तुका लागि प्रस्ट पार्नु भयो । अझै यत्ति विषय यो छलफलमा छुटेको छ । थप्नु पर्छ भन्ने महसुस गर्नु भएको छ ?

 अर्थतन्त्रका मुलत: बैंक र उद्यमशील क्षेत्रका समस्याहरुलाई केन्द्रबिन्दुमा राखेर जुन प्रकारको संवादको प्रकृया सुरु गर्नु भएको छ । जुन श्रृंखलाको आरम्भ यहाँले गर्नु भएको छ । यहाँलाई धेरै-धेरै सफलता मिलोस् । बैंक र उद्यमशील क्षेत्रका समस्या समाधानका निम्ति मिडियाका माध्यमबाट यहाँहरुको महत्त्वपूर्ण योगदान प्राप्त हुन सकोस् । यहाँहरुको संस्थागत उन्नति र प्रगतिको लागि धेरै-धेरै शुभ-कामना भन्न चाहन्छु । यसरी एउटा संवाद प्रकृयामा सहभागी भएर विचार अवसर दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यावाद भन्न चाहन्छु ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्