Shikhar Insurance
National Life

अर्थ मन्त्रालयमा किन नर्भस देखिए अर्थमन्त्री पौडेल र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार बेलुकी अर्थ मन्त्रालयमा मन्त्रिपरिषदको बैठकले सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गरेको पत्र थमाए ।

अर्थ मन्त्रीको सचिवालयबाट ढिलोगरी मात्रै पत्रकारलाई बोलाएपछि सिमित संख्यामा मात्रै संचारकर्मीहरु मन्त्रालय पुगेका थिए । सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका सन्तोष नारायण श्रेष्ठ नर्भस हुनु स्वाभाविक नै देखिन्थ्यो । किनभने उनले यसअघि मिडिया धेरै फेस गर्न परेको थिएन । कार्यक्रम संचालक तथा मन्त्रालयका संस्थान महाशाखा प्रमुख नारायणप्रसाद सिसालले सुरुमै भनेका थिए ‘नर्भस् देखिनु भा’छ त? ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर श्रेष्ठलाई सपथ ग्रहण गर्न उपस्थित अर्थमन्त्री पौडेल समेत नर्भस देखिए । कयौं प्रेसरलाई सामान्य रुपमा थेग्न सक्ने कुटिल नेताको रुपमा चिनिएका मन्त्री पौडेलले अनुहारमा प्रेसर लुकाउन सकेनन ।

उनले भाषण गर्ने क्रममा पनि आफ्नो स्वरलाई कन्फिडेन्सका साथ प्रस्तुत गर्न नसकेको स्पष्ट देखिन्थ्यो । उनको अनुहारले सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्न कति पापड बेल्नु पर्यो सो कुरा स्पष्ट दर्साउथ्यो । ११ महिनादेखी बोर्डमा अध्यक्ष नियुक्ति गर्न नसकिरहेको अवस्थामा कयौं उतार चढाव आएका छन् । बोर्डमा श्रेष्ठलाई नियुक्ति नगरे सरकार नै ढाल्नेसम्मको चेतावनी आएपछि प्रधानमन्त्री केपी शर्मा ओली श्रेष्ठलाई अध्यक्ष बनाउन राजी भएका थिए ।

एकातर्फ विपक्षी प्रमुख विपक्षी दल नेकपा माओवादीले सरकार ढाल्नुको मुख्य कारण नै सन्तोष नारायणलाई अध्यक्ष नबनाउनु भएको बताउँदै आएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा ससंद मनिस झाले पनि सन्तोष नारायणलाई अध्यक्ष बनाएर प्रधानमन्त्री केपी ओली शर्माले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने विषयलाई खिल्ली उडाएको बताइसकेका छन् ।

नव नियुक्त अध्यक्षलाई बधाई दिदैं अर्थमन्त्री पौडेलले भने, “पुँजी बजारमा रहेका यवत् समस्याहरुलाई पुँजी बजारको व्यवस्थित विकासका लागि उपयुक्त काम गर्नु हुनेछ, यसका लागि नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सबै आशंका र आरोपहरुलाई धैर्यतापुर्ण काम गरेर चिर्न र नेपालको पुँजीबजारको विकासका लागि काम गर्न सकोस् धेरै-धेरै बधाई छ।”

नवनियुक्त अध्यक्ष श्रेष्ठले भने, “सर्वप्रथम त मलाई धितोपत्र बोर्डमा नियुक्त गर्नु भएकोमा सम्माननिय प्रधानमन्त्री ज्यू माननिय उपप्रधान तथा अर्थमन्त्री जयू, हार्दिक आभार तथा धन्यावाद दिन चाहान्छु, नेपालको रेगुलेटरी बढीको रुपमा धितोपत्र बोर्डको उदेश्य अनुरुप लगानीकर्ताहरुको हित तथा नेपालको आर्थिक विकासमा क्यापिटल मार्केट मार्फत विकास गर्न म डटेर लाग्नेछु । त्यसका साथै चुनौतिहरु धेरै छन् ती चुनौतिहरुलाई अवसरको रुपमा प्रयोग गर्नेछु।”

बोर्ड अध्यक्षमा सन्तोषलाई नियुक्ति गर्दा पाँच अर्ब कमिशनको खेल रहेको आरोप लाग्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्