Shikhar Insurance
National Life

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुन: निर्माणमा एडिबीले सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १२:४६
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी) ले पुन:निर्माणमा सहयोग गर्ने भएको छ ।

एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुन:निर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुन:निर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार एडिबीले यस खानेपानी आयोजना पुन:निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो ।

बाढीपहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्याउँदा २१ करोड ८० लाख बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए । धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो ।

उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको छ ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।

यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुन:निर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ । नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुन:निर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले १ करोड ४५ लाख रकम सहयोग गर्ने सहमति भएको हो ।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगरप्रमख अशोक ब्याञ्जूले बताए । उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नेछन् । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुन:निर्माण गर्न ३ करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए ।

जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुन:निर्माण गरिने जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्