Shikhar Insurance
National Life

स्पेनका पूर्व राजा विरुद्ध कर छलिको मुद्धा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १०:२१
Hyundai
NCELL
NIMB

मड्रिड । स्पेनका पूर्वराजा जुआन कार्लोसमाथि कर सम्बन्धी कसुरमा अवकाश प्राप्त न्यायाधीशको समूहले मुद्दा दायर गरेको छ ।

मार्च २०२२ मा स्पेनी अभियोजकहरूले उनको सम्पत्तिसम्बन्धी तीन वटा अनुसन्धानलाई अपर्याप्त प्रमाण र कानूनको सीमितताको कारण बन्द गरेका तर अनुसन्धानका क्रममा धेरै अनियमितताहरू फेला पारेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीमध्ये खाडी राष्ट्रका राजाबाट आकर्षक उपहारहरू लिएको र युरोपको लिस्टेन्स्टीनमा सक्रिय एक फाउन्डेसनद्वारा सहयोग भएका निजी भ्रमण कानुन विपरीत भएको अभियोजकको दाबी थियो ।

स्पेनी पूर्वराजा कार्लोसले आफ्नो कर दायित्व पूरा गरकोे वा नगरेको भन्ने निर्णय सरकारी वकिलले भन्दा अदालतले गर्नुपर्ने उजुरीकर्ताहरूले बताएका छन् ।

स्पेनी कर अधिकारीहरूलाई अघोषित आयको बक्यौता रकम अन्तर्गत ८६ वर्षीय कार्लोसले ५० लाख युरोभन्दा बढीको दुई भुक्तानी गरेका छन् ।

स्पेनको सर्वोच्च अदालतका पूर्वन्यायाधीश जोस एन्टोनियो मार्टिन प्यालिनले सन् २०१४ देखि २०१८ सम्मको आय विवरणनियमित गर्ने काम कानुनअनुसार नभएको बताए ।

उनले भने, ँहामीलाई जेल सजाय लागू गर्न अलिकति पनि चासो छैन, तर सकेसम्म कडाभन्दा कडा जरिवाना लगाउनुपर्छ ।”

उजुरीकर्तामा कानुनविद्, दार्शनिक र पत्रकार पनि रहेको पल्लिनले बताए ।

जुआन कार्लोसले सन् १९७५ मा लामो समयदेखि तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रको रूपान्तरणमा खेलेको भूमिकाको व्यापक प्रशंसा पाएका छन् । सन् २०१४ मा राजगद्दी त्यागेपछि उनीमाथि कर छली र आर्थिक अनियमितता गरेको खुलासाले उनको प्रतिष्ठामा अपूरणीय क्षति पुर्याएको छ र यसले स्पेनी दरबारबारे निकै नकारात्मक प्रभाव परेको छ ।

उनीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनी सन् २०२० मा संयुक्त अरब इमिरेट्समा स्वनिर्वासित भएका थिए । रासस

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्