Shikhar Insurance
National Life

सांग्रिला मोटर्सले नेपाल ल्याएको सी-१० इभी गाडीको सफ्टवेयरमा समस्या, डेलिभरी रोकियो

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ विद्युतिय गाडी उत्पादक लिफमोटरले उत्पादन गरेको सी-१० मोडेलको गाडीमा गम्भिर समस्या देखिएको छ । गाडीको सफ्टवेयरमा प्राविधिक समस्या देखिदा सेटिङमा समस्या आएको हो ।

सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाल ल्याएको गाडी बिक्री सुरु नहुँदै समस्या देखिएको हो । सांग्रिला मोटर्सले भदौ (११-१२ गते)मा भएको नाडा अटो शोमा सी-१० गाडीको बुकिङ खुलाएको थियो । कम्पनीले सोमा ११२ वटा ग्राहकलाई बुकिङ गराउन समेत सफल भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्रोतका अनुसार कम्पनीले ११२ वटा बुकिङ गराएपनि नेपालमा ४६ वटा गाडी मात्रै भित्र्याएको छ । तर हालसम्म केहि गाडी मात्रै डेलिभरी दिएको छ । सो गाडी पनि कम्पनीले फिर्ता ल्याउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, “भदौमा बुकिङ भएको गाडी हालसम्म पनि डेलिभरी दिन सकेको छैन, बुकिङ गरेका ग्राहककले कम्पनीमा बारम्बार फोन गरिहरेका छन्, कम्पनीले भने प्राविधिक समस्याका कारण गाडी उपलब्ध गराउन नसकिएको बताउने गरेको छ ।”

कम्पनीले नेपालमा सी-१० को मूल्य नेपालमा ७१ लाख ९९ हजार राखेको छ । सी-१० गाडी चीनमा १६० किलोवाट मोटर पावरमा उपलब्ध गराएको भएपनि नेपालमा ९९ किलोवाटको ल्याएको दाबी गरेको छ । कम्पनीले कर छलि गर्नैको लागि कम किलोवाट देखाएर गाडी नेपाल ल्याएको हो ।

सांग्रिला मोटर्समा लगानीकर्ताको रुपमा सन्दिप शारडा र हेमन्त गोल्छा छन् । गाडीको समस्याको बारेमा सिंहदरबारले सम्पर्क गर्दा संचालक सन्दिप शारदा सम्पर्कमा आउन चाहेनन् ।

पछिल्लो समय चिनियाँ गाडीहरु नेपाल भित्रिरहेका छन् । नेपालमा जस्तो सुकै गाडीहरु नेपाल भित्रिन दिदाँ ग्राहक भने समस्यामा पर्ने गरेका छन् । हाल चीनमा अत्याधिक मात्रामा अटोमेकर कम्पनीहरु आइहरेका छन् । तर केहि अटोमेकरहरु गाडीको बिक्री र क्वालिटी बढाउन नसक्दा समस्यामा परेका छन् । चीनमा उत्पादन गर्ने कम्पनीहरु धमाधम बन्द भैरहदाँ नेपाली उपभोक्ता मारमा पर्ने देखिएको छ ।

इभी गाडीमा सफ्टवयरको भुमिका

इभी गाडीमा सबैभन्दा महत्वपुर्ण पाटो भनेको सफ्टवयर हो । जसले गाडीको सबै काम गर्ने गर्दछ । सफ्टवेयर एक प्रणाली हो जसले विद्युतीय सवारीको आवश्यक कार्यहरू नियन्त्रण गर्दछ। विद्युतिय गाडीमा सफ्टवयरले सुविधाजनक, सुरक्षित र ट्र्याक राख्न सजिलो भएकोले पछिल्लोले महत्त्वपूर्ण लोकप्रियता हासिल गरिरहेको छ।

यो विशेषगरी सान्दर्भिक छ, किनकि सवारी साधनहरूमा सफ्टवेयर कम्पोनेन्टहरूको मात्रा बढ्दै गइरहेको छन् । यदी विद्युतिय गाडीमा सफ्टवेयरमा समस्या भयो भने गाडीको ढोका समेत नखुल्न सक्छ । यस्तै चलिरहको गाडी सफ्टवयरकै समस्याका कारण रोकिन सक्छ । यसकारण सफ्वयरलाई महत्वपुर्ण मानिन्छ । गाडीको गति, ब्रेक, एसी, इलेक्ट्रिक इन्जिन, ब्याट्री, मोटर कन्ट्रोलर सबै सफ्टवेयरमै आधारित रहन्छ ।

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्