Shikhar Insurance
National Life

‘नेपालले बीआरआईको लाभ लिनुपर्छ, यो कुरामा प्रधानमन्त्री डराउनु हुँदैन’ माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताउँदै सो परियोजना नेपालले यसअघि नै स्विकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वभाविक रुपमा अघि बढाउनुपर्ने जनाए ।

उनले भने, ‘बीआरआई स्वभाविक रुपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरु साउथ साउथ कोअपरेशन भित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौं । झन बीआरआईसँगमा हामी आवद्ध उहिले नै भईसकेका छौं विभिन्न सरकारहरु । बीआरआईसँग हामी डराएका छैनौं ।’

त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुनेगरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्