Shikhar Insurance
National Life

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छ : झलनाथ खनाल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उनले भने, ‘बीआरआई १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो ग्लोवल प्रोजेक्ट जस्तो बनिसक्यो । बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ । र, यो चीन र बीआरआई मुलुकहरुबीचको व्यापार मात्रै पनि छ ट्रिलियन डलर भन्दा बढिको व्यापार हुन थालेको छ ।’

‘उनले दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेको बताउँदै भने, बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहीँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौँ, त्यो नेगोशिएशनमा भर पर्छ । बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने पूर्वागहपूर्ण कुराहरु मात्रै हो । यस्ता कुराहरुमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक जसले स्वतन्त्रता दिवस पनि मनाउँदैन’ उनले बताए ।

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहोर्‍याए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्