काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ मा पुगेको हो ।
सोमबार ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ कारोबार भएको छ ।
सोमबार न्यादी ग्रुप पावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज नेपाल एसबीआई बैंक डिबेन्चरको ५.३१ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयरमा ५.०६ प्रतिशत, जानकी फाइनान्सको सेयरमा ३.४६ प्रतिशत सहित ११ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्