Shikhar Insurance
National Life

‘राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमा’ महासचिव पोखरेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताउँदै हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने जनाए । उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरे । उनले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताउँदै नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए ।

उनले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताउँदै मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको उल्लेख गरे । उनले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताउँदै नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए ।

उनले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको बताउँदै लोकतन्त्रमा एक वा दुई दलिय नहुने जनाए । उनले लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने जनाउँदै देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने बताए ।

उनले भने, ‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गरिहेको छैनौं । बाहिर जाने युवाहरुले मूलुकमा जसरी रेमिट्यान्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ । त्यही भएर देश बनेको छैन । मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्यलाई कमजोर बनाएका छौं । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन ग्राहो हुन्छ । मुलुकको विकास समृद्धि जतिबेला राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै हुन्छ ।’

‘राजनीतिक दल, राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश बन्दैन । बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायीत्व हुनसकेको छैन । पछिल्लो समय निर्माण व्यवसायी लगायत व्यवसायीहरु मारमा परेको कारण पनि राजनीतिक अस्थिरता हो । सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरुमा बजेट नपर्ने,नयाँ आयोजनाहरु थग्ने र बजेट अभाव हुने गरेका छन्’ उनले बताए ।

उनले राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गर्दै बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्