Shikhar Insurance
National Life

चीनसँग अनुदान लिने हो, ऋण लिनु हुँदैन : सभापति देउवा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १३:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामथ्र्य नरहेकाले अनुदान लिनुपर्ने धारणा काँग्रेसको रहेको स्पष्ट पारेका हुन् । उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताउँदै भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्