Shikhar Insurance
National Life

सामलिङ्ग पावरले डाक्यो पुस २ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २ गते द ईन्ट्रान्स क्याफे ललितपुर चाकुपाटमा बिहान १० बजे आव्हान गरेको हो ।

कम्सपनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर १८ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्