काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन मूल्यमा भारी मूल्यले गिरावट आएको छ । अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज एकचोटि १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ५१ हजार ३ सय रुपौयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । चाँदी आज ११५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार अर्थ मन्त्रालयले सुन र चाँदीको भन्सार दर घटाएको थियो । सुन २० प्रतिशतबाट १० र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले सिंहदरबारलाई जानकारी दिएका थिए ।
पुर्व अर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार दर बढाएर २० प्रतिशत पुर्याएका थिए । नेपालमा भन्दा सुनको भन्सार भारतमा कम भएपछि भारतबाट सुन तस्करीमा वृद्धि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्