Shikhar Insurance
National Life

२० बाट १० मा झर्यो सुनको भन्सार चाँदी १५ बाट १० मा आयो, कति सस्तिएला सुन ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले सुन र चाँदीको भन्सार दर घटाएको छ । मंसिर ६ गते बसेको मन्त्रिपरिषद बैठकले भन्सार दर घटाएको हो ।

सुन २० प्रतिशतबाट १० र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले सिंहदरबारलाई जानकारी दिए । पुर्व अर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार दर बढाएर २० प्रतिशत पुर्याएका थिए । नेपालमा भन्दा सुनको भन्सार भारतमा कम भएपछि भारतबाट सुन तस्करीमा वृद्धि भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, चाँदीमा पनि मन्त्रालयले भन्सार घटाएको छ । यद्यपी चाँदीमा राष्ट्र बैंकले कोटा प्रणाली तोक्दा एकै पटक धेरै चाँदी खरिद गर्न नपाउँदा चाँदीको मूल्य महँगो बन्दै गएको छ । व्यवसायीहरुले चाँदीको कोटा बढाउन राष्ट्र बैंकसँग माग गर्दै आएका छन् । सुन चाँदिमा भन्सार घटाउन चर्को दबाब सृजना भएपनि मन्त्रालयले वेवास्था गर्दै आएको थियो । ढिलै भएपनि मन्त्रालयले गल्ति सच्याएको हो ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य कम भएपछि नेपालमा सुनको आयात ८० प्रतिशत भन्दा बढीले कम आयात भएको छ । वाणिज्य बैंकहरुले पनि सुनको भन्सार मन्त्रालयले जतिसुकै बेला घटाउन सक्ने भन्दै कम मात्रै सुन आयात गर्दै आएका थिए ।

भारतबाट एक किलो सुन तस्करी गर्दा १४ लाख मार्जिन, ८० प्रतिशतले घट्यो आयात अर्थ मन्त्रालयलाई छैन चिन्ता

सुनको भन्सार घट्न सक्ने भन्दै बैंकहरु स्टक क्लियरेन्समा लागे, तिहारका लागी २ किलो मात्रै ल्याए

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्