काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुम पुगेर बजार बन्द भएको छ ।
आइतबार ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ ।
आइतबार सेयर बजार दोहोरो अंकले घटेपनि जानकी फाइनान्सको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ८७ लाख ३६ हजार १ सय ५२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४३ रुपौयँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्