Shikhar Insurance
National Life

१३ अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ७२ लाख

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुम पुगेर बजार बन्द भएको छ ।

आइतबार ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ८७ लाख ३६ हजार १ सय ५२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४३ रुपौयँ रहेको छ ।

आइतबार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८१ कम्पनीको सेयर मुल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, थ्रि स्टार हाइड्रोपावरको सेयर मूलय ९.९१ प्रतिशतले बढेको छ भने एक कमपनीको सेयर मूलय ७.७५ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्