Shikhar Insurance
National Life

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । उपपधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गरे । उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै प्रश्न गरे । उनले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको पनि जानकारी दिए । फाहोर व्यवस्थापनको विषयमा हुने छलफल मात्र समाचारका शिर्षक बन्ने गरेको भन्दै छलफलपछि चालिएका कदमहरुबारे समेत समाचार बन्नुपर्नेमा उनको जोड थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फाहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख् गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको बताएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्