Shikhar Insurance
National Life

बैंक र ऋणीबीचकाे विवाद : असोज र कात्तिकमा मात्रै ७८ वटा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद बढ्दै गएकाे छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो महिना (असोज) मा ऋण असुली न्यायधिकरणमा ३२ वटा मुद्दा दर्ता भएका छन् ।

न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा जम्मा २२ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने २ को मिलापत्र भएको छ । त्यस्तै, ५ सय २० मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, असोज महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु १५ वटा रहेका छन् । २०८१/०८२ को असोज महिनाको कुल असुली रकम ९ करोड ३३ लाख ५ सय ९८ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गतवर्ष २०८०/०८१ सम्मको जम्मा असुली रकम ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १ सय ६५ रुपैयाँ रकम असुली भएको थियो भने हालसम्म कुल ३५ अर्ब ९१ करोड ५५ लाख २ हजार ५ सय ८७ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, कात्तिक महिनामा ऋण असुली न्यायधिकरणमा ४६ वटा मुद्दा दर्ता भएका छन् । कात्तिकमा जम्मा ३७ मुद्दाहरुको निर्णय भएको छ भने २ मुद्दाहरुको मिलापत्र तथा तालमेल भएको छ ।

त्यस्तै, कात्तिक महिनामा ५ सय २७ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ । त्यसैगरी, कात्तिक महिनामा लगत कट्टा निर्णय भएको मुद्दाहरु २३ वटा रहेका छन् भने अघिल्लो महिना (असोज) महिनासम्म ९४ वटा मुद्दाहरुको लगतकट्टा निर्णय भएको थियो ।

२०८१/८२ को कात्तिक महिनाको कुल असुली रकम ७ करोड २३ लाख ६७ हजार ८७ रुपैयाँ रहेको छ । अघिल्लो महिना (असोज) महिनाको तुलनामा कात्तिक महिनामा ४६ वटा मुद्दा ऋण असुली न्यायधिकरणमा दर्ता भएका छन् । ऋण असुली न्यायधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २ महिना (असोज र कात्तिक) मा जम्मा ७८ वटा मुद्दाहरु दर्ता भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्