Shikhar Insurance
National Life

समस्याग्रस्त जलविद्युत आयोजनाले ३ प्रतिशत व्याजदरमा २० करोडसम्म ऋण पाउने

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । समस्याग्रस्त साना जलविद्युत परियोजनाले ३ प्रतिशत व्याजदरमा कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा समावेश व्यवस्थाअनुसार पुनर्कर्जा कार्यविधिमा संशोधन गर्दै निजी क्षेत्रबाट सञ्चालन भएका त्यस्ता आयोजनालाई राहतको व्यवस्था गरेको हो ।

आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाले यस्तो कर्जा पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता परियोजनाले पाउने पुनर्कर्जा विशेष पुनर्कर्जा हुनेछ । जसअनुसार उनीहरुले बैंक तथा वित्तीय संस्थाबाट ३ प्रतिशत ब्याजदरमा २० करोडसम्म कर्जा पाउनेछन् ।

मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षाले यस्तो व्यवस्था गरेको हो । पुनर्कर्जा कार्यविधिअनुसार लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले पनि यस्तै सुविधा पाउनेछन् ।

यस्तो छ संशोधनः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्