Shikhar Insurance
National Life

धितोपत्र बोर्ड: दुई जनाले दिए पुरक अन्तरवार्ता, चापागाईँ गएनन्

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि डाकिएको पुरक अन्तरवार्तामा दुई जना प्रतिष्पर्धी सहभागी भएका छन् । यस अघि अन्तरवार्तामा सहभागी नभएका तीन उम्मेदवार मध्ये बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्ज(नेप्से(का सीईओ कृष्ण बहादुर कार्कीले आइतबार अन्तरवार्ता दिएका हुन् । टप पाँचमा परेका अर्का प्रतिष्पर्धी चिरञ्जीवी चापागाइँ भने यसपाली पनि अन्तरवार्तामा अनुपस्थित रहे । डा. अधिकारी, कार्की र चापागाईँले बोर्ड अध्यक्ष नियुक्तीका लागि डाकिएको दुई वटा अन्तरवार्ता बहिष्कार गरेका थिए ।

टप पाँच प्रतिष्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले पहिलो पटक नै अन्तरवार्ता दिएका थिए । टप पाँचमा परेकामध्ये डा. अधिकारी, कार्की र चापागाईँले पहिले नै ‘म्याच फिक्सिङ’ भैसकेकाले अन्तरवार्तामा सहभागी नहुने भन्दै दुई पटक बहिष्कार गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यवसायीक घरानाहरुको चाहना बमोजिम सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन लागिएको आरोप उनीहरुले लगाउँदै आएका थिए । बोर्ड अध्यक्ष नियुक्ती र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्