Shikhar Insurance
National Life

सिटिजन्स बैंकको कम्पनी सचिवमा कायस्थ नियुक्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सचिवमा बैंकका प्रमुख वित्त अधिकृत कायस्थलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर ९ गते (आज) देखि लागु हुने गरि बैंकको कम्पनी सचिवमा नियुक्त गरेको बैंकले जनाएको छ । करिब १४ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि छन् । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

भौतिक कार्डको आवश्यकता नपर्ने र २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले क्वीआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् ।

साथै, बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो ।

यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक नि:शुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउन बैंकले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्