Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकरण: फेरि सरकार ढाल्ने चेतावनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १०:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण थप पेचिलो बन्दै गएको छ । तीन वटा गठबन्धन, दुई वटा प्रधानमन्त्री र तीन जना अर्थमन्त्रीलाई झेलिरहेको बोर्ड अध्यक्ष नियुक्ती प्रकरणमा अहिले फरि नयाँ ट्विष्ट आएको हो ।

काँग्रेस–माओवादी गठबन्धन सरकारले आरम्भ गरेको प्रक्रिया एमाले–माओवादी गठबन्धन हुँदै अहिले काँग्रेस–एमाले गठबन्धनका लागि पनि टाउको दुखाईको बिषय बनेको हो । एमाले–माओवादी सरकारका पालामा हालका प्रधानमन्त्री केपी ओलीले व्यक्ति नै तोकेर फलानोलाई अध्यक्ष नियुक्त नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको आरोप तत्कालिन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक रुपमै भन्दै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले प्रधानमन्त्री केपी ओलीले त्यस्तै चेतावनीको सामना गर्नु परिरहेको देखिन्छ । ‘प्रधानमन्त्रीज्यूमाथि निकै ठूलो दबाव परेको देखिन्छ, फलानोलाई नियुक्त नगरे सरकारकै निरन्तरतामा समस्या आउँछ भनेर प्रधानमन्त्रीज्यूमाथि दबाव बढाईँदैछ ।’, उच्च स्रोतले भन्यो ।

यस अघि ओलीले जुन पात्रका लागि प्रचण्ड र बर्षमानमाथि दबाव बढाएका थिए, अहिले ओलीमाथि तिनै पात्रका लागि नेपाली काँग्रेसको प्रभावशाली टिमबाट दबाव दिईएको स्रोतहरु बताउँछन् ।

सह सचिव बराबरको हैसियत हुने बोर्ड अध्यक्षको नियुक्ती प्रक्रिया एक बर्षभन्दा लामो समयदेखि गिजोलिँदै आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि लबिङ गरिरहेका व्यवसायीक घरानाहरुले त्यसकै लागि राजनीतिक नेतृत्वलाई प्रयोग गरिरहेका छन् ।

बोर्ड अध्यक्ष नियुक्ती र नयाँ स्टकको लाइसेन्स प्रकरणमा पाँच अर्ब रुपैयाँ कमिसनको खेल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परिसकेको छ । स्वयं प्रधानमन्त्री केपी ओलीले नै पाँच अर्ब कमिसनको बिषय उछालेर आफ्नो बदनाम गराउन खोजिएको भन्दै पटक पटक सार्वजनिक रुपमै जवाफ दिईरहेका छन् ।

प्रचण्डहरुको बिशेष चासो

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बिशेष चासो देखाएका छन् । मंसिर ९ गतेका लागि अन्तरवार्ताको मिति तोकिए देखि नै प्रचण्ड आफैंले चासो देखाएर सोधिखोजी गरिरहेको स्रोतहरु बताउँछन् । ‘प्रचण्डज्यूले आफ्नो सचिवालय मार्फत यो प्रकरणमा के के भैरहेको छ भन्नेबारे निरन्तर सोधीखोजी गरिरहनु भएको छ’, प्रचण्ड निकट स्रोतले सिंहदरबारसँग भन्यो ।

सबैका आ आफ्नै दाउ

बोर्ड अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री, अर्थमन्त्री देखि प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकारका आ आफ्नै दाउ देखिन्छन् । प्रधानमन्त्री ओली पाँच अर्ब कमिसनको आरोपबाट मुक्ति चाहान्छन् । त्यसका लागि आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नै ओलीलाई कन्भिन्स गराएको बताइन्छ । उता, अर्थमन्त्री विष्णु पौडेल भने रुपन्देही बुटवलकै स्थानीय सन्तोषनारायण श्रेष्ठका पक्षमा उभिएको बताइन्छ । काँग्रेसको कार्यकर्ता समेत रहेका सन्तोषलाई अध्यक्ष बनाउन नसके ८४ सालको निर्वाचननमा आफूलाई अप्ठेरो पर्ने भन्दै अर्थमन्त्रीले श्रेष्ठका पक्षमा अडान लिएको आरोप छ ।

उता, नेपाली काँग्रेस नेतृ तथा परराष्ट्र मन्त्री आरजु राणा पनि सन्तोष नारायण श्रेष्ठको पक्षमा देखिएकी छिन् । काँग्रेस सभापति शेर बहादुर देउवा पत्नि समेत रहेकी देउवाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती आफ्ना लागि प्रतिष्ठाको विषय भएकाले गठबन्धन नै संकटमा पर्ने चेतावनी दिईरहेको स्रोतहरु बताउँछन् ।

किन गिजोलियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया, ‘बिग ग्याम्बल’मा नयाँ स्टक एक्सचेन्ज

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्