काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका चर्चित व्यवसायी इलन मस्कसँग कुराकानी गरेका छन् । भिडियो वार्ता मार्फत ओलीले मस्कसँग कुराकानी गरेका हुन् ।
अमेरिकाको डलर खर्बपति मस्कले नेपालमा लगानी गर्नेबारे योजना बनाइरहेका छन् । नेपालकव सूचना प्रविधिको क्षेत्रमा मस्कले लगानी भित्र्याउने योजना बनाइ।हेका छन् । मस्कले केहि समयअघि उनको समुहको केहि प्रतिनिधिलाई काठमाडौ पठाएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा मस्कको इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपालमा लगानी गर्न खोजिरहेको छ । सो कम्पनीले उपग्रहबाट नै इन्टरनेट सेवा प्रदान गर्नेछ । हालसालै मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एडमिनिस्ट्रेसनमा सरकारी खर्च कटौति अड्डाको नेतृत्व पाएका मस्कले ट्रम्पलाई चुनाव जिताउन समेत महत्वपुर्ण भुमिका खेलेका थिए ।
शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै मस्कसँग कुराकानी गरिरहेको छु भनि लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्