Shikhar Insurance
National Life

प्रादेशिक अस्पताल जलेश्वरमा २ करोड ५५ लाखको उपकरण प्रयोगविहीन

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १७:०८
Hyundai
NCELL
NIMB

महोत्तरी । जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको २ करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ । चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् ।

चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले २ करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए ।उनले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्