Shikhar Insurance
National Life

मङ्गलसेन नगरपालिकाको रु ५३ करोडको बजेट

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १६:४१
Hyundai
NCELL
NIMB

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

उपाध्यायले वडातर्फ १४ वटै वडामा रु तीन करोड ४८ लाख विनियोजन गरिएको जानकारी दिइन् । नगरपालिकाले पूँजीगततर्फ रु १३ करोड र चालुतर्फ रु २२ करोड विनियोजन गरिएको नपाका सूचना अधिकारी विष्णु जैसीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगर प्रमुख पदम बोहराले जानकारी दिए ।

नगरसभामा गत वर्षको प्रमुख उपलब्धि तथा चालु आर्थिक वर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यसैगरी नगरसभामा स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधिलगायत १६ व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्